Central Bank of Teachers

नेपाल केन्द्रीय शिक्षक बैंक (Central Bank of Teachers Nepal) नेपालमा शिक्षक र शिक्षालयबीच सेतु बन्ने अभिप्रायले स्थापित मूलतः सामाजिक सञ्जाल फेसबूक मार्फत उदाएको एक अद्वितीय प्लेटफर्म हो । सन २०१४ मा टिचर्स भ्याकेन्सिज ईन नेपाल (Teachers’ Vacancies in Nepal) को नामबाट स्थापित यो प्लेटफर्ममा सन २०२४ को नोभेम्बरसम्ममा आईपुग्दा ८५ हजार भन्दा बढि शिक्षाकर्मी एवं शिक्षा व्यवसायीहरु जोडिएर नेपालकै सबैभन्दा ठूलो टिचर्स भ्याकेन्सी ग्रुप बनेको थियो ।

तर केही सदस्यहरुको बदमासी तथा फेसबूकको एआई सिस्टमको असमझदारीका कारण त्यो ग्रुप एकाएक बन्द भएपछि अब हामीले यो नयाँ प्लेटफर्म TVN 2.0 कै रुपमा सिर्जना गरेका छौं । विगतमा नेपालका सबैजसो टिचर्स बैंकहरु हामीसँग आवद्ध भएर लाभान्वित भएको गौरवशाली इतिहासलाई कायम राख्दै अब यस प्लेटफर्मलाई नेपाल का सबै टिचर्स बैंकहरुको पनि प्रतिनिधी प्लेटफर्मको रुपमा स्थापित गर्ने लक्ष्य लिएर केन्द्रीय बैंकको रुपमा यसको नामाकरण गरेका छौं । 

अब हामीले सामाजिक संजालबाट मात्र नभएर वेबसाईट र भौतिक माध्यमबाट नै शिक्षक, शिक्षालय र टिचर्स बैंकबीच नेटवर्किङ गराउने र शिक्षकहरुको पेशागत विकासका लागि राष्ट्रिय स्तरको टिचर्स एकेडेमीको रुपमा विभिन्न पेशागत तालिमहरु समेत संचालन गर्ने उद्देश्य लिएका छौं ।

 

हाम्रो नयाँ फेसबूक ग्रुप join गर्न यहाँ क्लिक गर्नुहोलाः नेपाल केन्द्रीय शिक्षक बैंक

हाम्रो अफिसियल फेसबूक पेजमा जान यहाँ क्लिक गर्नुहोलाः Central Bank of Teachers Nepal

आशा छ, सदा झैं विद्यालय एवं शिक्षक तथा शिक्षक बन्न चाहने नवआकांक्षीहरुबाट सहयोग प्राप्त हुनेछ ।

धन्यवाद ।

एडमिन टिम
नेपाल केन्द्रीय शिक्षक बैंक
(Central Bank of Teachers Nepal)